८ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकामा ६ सय ८१ जना पुरुष र ४ सय २९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकाको काठमाडौँमा ५५ हजार ७७ जना, भक्तपुरमा ५ हजार १ सय ५० र ललितपुरमा ७ हजार ७ सय ३६ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ६७ हजार ९६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ८ सय ४६ जना संक्रमित निको भएका छन् ।