१२ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ४३ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ६२ हजार ३ सय ५४ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।