Nepal's Trusted Health Online Portal

३५२ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

११ कार्तिक, काठमाडौँ । मंगलबार देशभर ७१ जना कोरोना संक्रमितको भेन्टिलेटर र २८१ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३० जना, प्रदेश नं. २ मा ९ जना, बागमति प्रदेशमा १७८ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ४२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचाररत छन् ।

प्रदेश नं. १ मा ७ जना, प्रदेश नं. २ मा २ जना, बागमति प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा १ जना र लुम्बिनी प्रदेशमा ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार १ सय ६८ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.