१२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ८ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ७५ जना पुरुष र ३ सय ६८ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकाको काठमाडौँमा ६९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै उपत्यकाको काठमाडौँमा ५७ हजार ८ सय ९६, भक्तपुरमा ५ हजार ४ सय २२ र ललितपुरमा ८ हजार १ सय ७० जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७१ हजार ४ सय ९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ९ सय ८१ जना संक्रमित निको भएका छन् ।