Nepal's Trusted Health Online Portal

३७१ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत

Get real time updates directly on you device, subscribe now.

१४ कार्तिक, काठमाडौँ । शुक्रबार देशभर ७१ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३०० जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३४ जना, प्रदेश नं. २ मा १३ जना, बागमति प्रदेशमा १९१ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनी प्रदेशमा ४० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना आई.सी.यु.मा उपचाररत छन् ।

प्रदेश नं. १ मा ८ जना, प्रदेश नं. २ मा २ जना, बागमति प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ३ जना र लुम्बिनी प्रदेशमा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै  ४ हजार ९६ जना संक्रमित निको भएका छन् भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.