Nepal's Trusted Health Online Portal

शुक्रबार नेपालमा २ हजार ९०९ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२१ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय ३८ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ५३ नमुना परीक्षण गरिएको छ । जसमध्ये १ हजार १ सय ३३ महिला र १ हजार ७ सय ७६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म १ लाख ८८ हजार ८ सय ८३ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.