२८ पौष, काठमाडौँ । मंगलबार देशभर ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ५९ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ५ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म २ लाख ६५ हजार ६ सय ९८ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ५९ हजार ३ सय ५८ जना अर्थात ९७.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ९ सय ३२ जनाको मृत्यु भइसकेकोे छ ।