४ पौष, काठमाडौँ । शनिबार देशभरी ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८० नमुना परीक्षण गरिएकोमा ३०६ जना महिला र ४०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । जसमध्ये २८१ जना काठमाडौँ उपत्यकाका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार १७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै १२ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अब देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ ।
नेपालमा हालसम्म २ लाख ५३ हजार १ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ४२ हजार ५ सय ६७ जना अर्थात ९५.८ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ७ सय ७७ जनाको मृत्यु भइसकेकोे छ ।