३० मंसिर, काठमाडौँ । नेपालमा मंगलबार अपरान्ह सम्ममा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका कुल संक्रमितमध्ये ०.६८ प्रतिशतको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरीका ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ९९६ जना भने संक्रमण मुक्त भएका छन् ।