२८ पौष । मंगलबार देशभर २ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ६ जना, बागमती प्रदेशमा १,८११ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनीमा प्रदेशमा २२८ जना, कर्णाली प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा १२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै देशभर २३७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज ४३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३९० जना संक्रमण मुक्त भएका छन् भने ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।