३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहितका प्रमुख शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समुहमा देखिएको विश्लेषण सहित मन्त्रालयले विद्यालयमा फिजिकल क्लास सञ्चालन नगर्न सुझाव दिएको हो । एक महिनाको अवधिमा अनलाइनमार्फत पठनपाठन गराउन पनि मन्त्रालयको राय छ ।
१८ बर्ष भन्दा कम उमेर समुहका लागि भ्याक्सिन नबनेको तथा नयाँ भेरियन्ट संक्रमणको चेन ब्रेक गर्नका लागि पनि अनलाइन पठनपाठन गराउन खोजिएको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको भनाइ छ ।
विद्यालय बन्द गराउनेबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर औपचारिक निर्णय हुन बाँकी रहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।