७ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पूर्वराजा दम्पति भारतको हरिद्धारस्थित कुम्भ मेलामा गंगा स्नानका लागि पुगेका थिए । हरिद्धारबाट फर्किएपछि शाह दम्पतिले कोरोना भाइरसको परिक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।
कुम्भ मेलामा सहभागी एक हजार बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । भारतमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढिरहेको छ । भारतमा संक्रमण दर बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।
स्वास्थ्य मन्त्रालयले शाह दम्पतिको कन्ट्याक्ट ट्रेसिङ् गरिने जनाएको छ ।