Nepal's Trusted Health Online Portal

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार गरिने

Get real time updates directly on you device, subscribe now.

७ बैशाख, काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी गरेको छ ।

संक्रमितको दर बढ्दै गएमा वीरको नयाँ भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण प्रसाद पौडेलका अनुसार जेठ अन्तिम सम्म दैनिक ११ हजारसम्म संक्रमित हुनसक्ने मन्त्रालयको अनुमान छ ।

संक्रमित बढ्दै गएको अवस्थामा अस्पताल भर्ना गर्नुपर्ने र सिकिस्त बिरामी बढ्ने पूर्वानुमान गर्दै मन्त्रालयले वीरको नयाँ भवनमा कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न लागेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.