१६ वैशाख, काठमाडाैं। बिहीबार देशभर ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा गरिएकाे १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित थपिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेकाे छ भने देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।
यस्तै आज काेराेना संक्रमणबाट थप ३५ जनाकाे मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ । याेसँगै संक्रमणमुक्त हुनेकाे कुल संख्या २ लाख ८० हजार १६७ पुगेको छ।