२ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार थप २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
आइतबार देशभरी ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १४५ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६ हजार ६४८ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ३९ हजार ७५६ अर्थात ७४.७ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ५ हजार १ जनाको मृत्यु भइसकेकोे छ ।