Nepal's Trusted Health Online Portal

थप ८,२०३ मा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

गत २४ घण्टा यता देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार २८६ पीसीआर र ६९३ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार २०३ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ५२ हजार ४१४ अर्थात ७४.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.