Nepal's Trusted Health Online Portal

बुधबार थपिए कोरोनाका ८,१७३ संक्रमित

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।

गत २४ घण्टा यता देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ६० हजार ४०३ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार ६५७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.