Nepal's Trusted Health Online Portal

नेपालमा कोरोनाका कारण एकैदिन २४६ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ९८९ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ८० हजार ५२७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ६० हजार ४०३ जना भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.