Nepal's Trusted Health Online Portal

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबार देशभरी ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २४६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ७ हजार ९८९ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ६० हजार ४०३ जना संक्रमण मुक्त भएका छन् भने ५ हजार ६५७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.