Nepal's Trusted Health Online Portal

२४ घण्टामा ७ हजार ९८९ जना कोरोना संक्रमित निको भए

Get real time updates directly on you device, subscribe now.

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९८९ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६० हजार ४०३ जना संक्रमण मुक्त भएका छन् ।

गत २४ घण्टा यता देशभर ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।

त्यस्तै बुधबार एकैदिन २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५ हजार ६५७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.