६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ५४३ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ६६ हजार ९४६ अर्थात ७५.१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टा यता देशभर ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।
त्यस्तै बिहीबार १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भइसकेकोे छ ।