Nepal's Trusted Health Online Portal

उपत्यकाका २ हजार ४११ मा देखियो कोरोना

Get real time updates directly on you device, subscribe now.

७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार देशभरी ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ७ हजार ८९० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ७४ हजार ८३६ अर्थात ७५.४ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ६ हजार २४ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.