७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
त्यस्तै गत २४ घण्टाभित्र देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेकोे छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार ३५३ पीसीआर र ८७३ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार ६०७ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ७४ हजार ८३६ अर्थात ७५.४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।