Nepal's Trusted Health Online Portal

कोभिड विरुद्ध खटिएका फ्रन्टलाइनर्सलाई ५० प्रतिशत जोखिम भत्ता दिन सरकारले माग्यो विवरण

Get real time updates directly on you device, subscribe now.

७ जेठ, काठमाडौं । सरकारले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुको विवरण उपलब्ध गराउन सबै अस्पतालहरुलाई सूचित गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन तथा शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न सबै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरुक्षाकर्मीको विवरण माग गरेको हो ।

स्वास्थ्य मन्त्रालयको निति, योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनी हस्ताक्षरित पत्रमा सरकारले कोभिड अवधीमा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुका लागि ६ महिना सम्मका लागि सुरु तलवको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने उल्लेख गरिएको छ ।

मन्त्रालयले फ्रन्टलाइनमा खटिने कर्मचारीहरुको नाम, थर, पद, सम्पर्क नम्बर, कर्मचारी संकेत नम्बर, डिउटी रोष्टर, कर्मचारीको पान नम्बर, बैंक खाता नम्बर र बैशाख महिनाको पे रोल समेतको विवरण पठाउन भनेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.