Nepal's Trusted Health Online Portal

कोरोना नियन्त्रणका लागि नेपाललाई ७० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाको घोषणा

Get real time updates directly on you device, subscribe now.

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोरोना संक्रमण नियन्त्रणको लागि सहयोगको घोषणा गरेको छ ।

अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर सहयोग गर्ने जनाएको हो ।

अष्ट्रेलियाले घोषित सहयोग स्वास्थ्य उपकरण खरिदका लागि राष्ट्रसंघ र एनजिओ मार्फत प्रदान गर्ने जनाएको छ ।

अष्ट्रेलियाले नेपालसँगै बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.