८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८११, ललितपुरमा ३३८ र भक्तपुरमा १७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १२९ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ८ हजार ८४८ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ अर्थात ७५.८ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ६ हजार १५३ जनाको मृत्यु भइसकेकोे छ ।