Nepal's Trusted Health Online Portal

मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ बागमती प्रदेशले प्रक्रिया अघी बढायो

Get real time updates directly on you device, subscribe now.

११ जेठ, काठमाडौं । बागमती प्रदेशले मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रक्रिया अगाडी बढाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ८ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेन्डर आव्हान गरेको हो । मन्त्रालयले टेन्डर पेश गर्न जेठ १९ सम्मको समय दिएको छ ।

आगामी ३० दिन भित्र प्लान्ट निर्माण गरीसक्ने गरी अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया अघी बढाइएको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।

प्रदेश मातहतका १३ अस्पतालमध्ये ६ ओटा अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ ।

काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट अस्पताल, रामेछापको रामेछाप अस्पताल, काभ्रेको मेथिनकोट, धादिङको धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा र चितवनको वहुलहर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुनेछ ।

कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमण तिब्र भइरहेको बेला प्रदेशमा हुनसक्ने अक्सिजन अभावलाई ध्यानमा राखी प्रदेश अन्तर्गतका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न मन्त्रालयले छोटो खरिद प्रक्रियाबाट चाँडो प्लान्ट सञ्चालन गर्न खोजेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.