Nepal's Trusted Health Online Portal

पहिलो पटक स्वास्थ्यमा १ खर्ब माथिको बजेट, यस्ता छन् स्वास्थ्यका विषय (पूर्ण पाठसहित)

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौँ । सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेको छ । कुल बजेटको ७ दशमलव ४५ प्रतिशत स्वास्थ्यका लागि विनियोजित बजेटमा कोभिड खोपको व्यवस्थापन, कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्यका पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षका लागि शनिबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । बजेट मुख्य गरी महामारी नियन्त्रण, पूर्वाधार निर्माण तथा स्वास्थ्य प्रणाली सुधारमा केन्द्रित छ ।

कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा १ खर्ब २२ अर्ब ७७ करोड स्वास्थ्य मन्त्रालयका लागि छुट्टयाइएको मन्त्री पौडेले बताएका छन् ।

सरकारले पहिलो पटक स्वास्थ्यका लागि १ खर्ब भन्दा माथीको बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक बर्षमा खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड र कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।

बजेटमा निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन तथा स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याउने कुरा समेत उल्लेख छ ।

यहाँ हामीले बजेटमा समेटिएका स्वास्थ्यका विषयहरुका बुँदासहित बजेटको पूर्णपाठ प्रस्तुत गरेका छौं ।

  • कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षा गर्न सरकार प्रतिवद्ध छ।स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सम्पूर्ण सामर्थ्यसहित उपलब्ध सबै सम्भावनाको उपयोग गर्न बजेट केन्द्रित रहेकोछ। कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र खोपको सुनिश्चिेतताका लागि बजेट अभाव हुन दिइने छैन। 

 

  • सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिड१९ को निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाएको छु। कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजनको कमि हुन नदिन अक्सिजन प्लान्ट, सिलिण्डर र तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्याङ्क खरिद गर्नआवश्यक बजेट व्यवस्था गरेको छु।एक सय शैया भन्दा बढी क्षमताका सबै अस्पतालमा अनिवार्यरुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरेको छु।

 

  • अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पुरै छुट दिएको छु। सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु। कोभिड१९ महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।

 

  •  कोभिड-१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटर, टेस्ट किट्सलगायतका आवश्यक उपकरण खरिद गर्न रु ४ अर्ब विनियोजन गरेको छु। कोभिड १९ को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार महसुल छुट दिएको छु। उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथाइन्टर्नसीपमा रहेकाचिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता र तलव पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था मिलाएको छु।

 

  • कोभिड-१९ संक्रमण जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिभय स्थलगत सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्चाणलन र होल्डिङ्ग सेन्टर स्थापना गरिनेछ। सबै स्थानीय तहमा क्वारिन्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था एवम् औषधी उपकरणको नियमित आपूर्तिगर्न आवश्यक रकम विनियोजन गरेको छु। अस्पतालमा शैयाको अभावमा स्वास्थ्य उपचार नपाउने अवस्था सिर्जना हुन दिइने छैन।

 

  • कोभिड-१९ बाट संक्रमित भई घरमा रहेका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि घुम्ती सेवा, कल सेन्टर सञ्चारलन, मनोसामाजिक परामर्श, आपतकालिन उपचार र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाएको छु। 

 

  • वर्तमान जनउत्तरदायी सरकार सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई कोभिड-१९ विरुद्ध निःशुल्क खोप उपलब्ध गराउन प्रतिवद्ध छ। यस सन्दर्भमा, विश्विका थोरै मुलुकहरूसँगै नेपालले पनि खोप अभियान शुरु गरेको र दक्षिण एसियामा खोपको दोस्रो प्रयोगकर्ता मुलुक भएको तथ्य स्मरण गर्न चाहन्छु। खोप लगाउन बाँकी सवै उमेर समुहका नेपालीलाई शिघ्रातिशिघ्र खोप सुनिश्चिकत गर्नसम्पूर्ण स्रोत र सामर्थ्यको उच्चतम प्रयोग गर्दै उत्पादक देश तथा कम्पनीबाट खोप प्राप्त गरी खोप अभियानलाई पूर्णता दिइनेछ। खोप व्यवस्थापनका लागि रु २६ अर्ब २५ करोड छुट्याएको छु।

 

  • कोभिड-१९ बाट संक्रमित बिरामीको लागि सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलव्ध गराउन सेन्ट्रल कमाण्डको अवधारणा कार्यान्वयनमा ल्याईनेछ। विशेषज्ञ चिकित्सक, अक्सिजन तथा भेन्टिलेटर, आइसियू, एचडियू र शैयाको उपलव्धताको विवरण नियमित रुपमा सार्वजनिक जानकारी गराउने व्यवस्था मिलाएको छु।

 

  • कोभिड-१९ को उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधा संक्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिएको छु।

 

  • कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छु।

 

  • आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गरिनेछ। सरकारद्वारा निःशुल्क वितरण हुदै आएका ७० प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलव्ध हुने व्यवस्था मिलाइनेछ। औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन गरिनेछ। औषधी खरिदको लागि रु ५ अर्ब ६० करोड विनियोजन गरेको छु।

 

  • विपन्नू नागरिकलाई मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्ज्युरी, हेड इन्ज्युरी तथा सिकलसेल एनिमियाको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र चौध वर्ष मुनिका बालबालिका एवम् सत्तरी वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोगको निःशुल्क उपचार सुविधालाई निरन्तरता दिएको छु। यसको लागि रु २ अर्ब ५० करोड विनियोजन गरेको छु। 

 

  • आगामी आर्थिक वर्षभित्र काठमाण्डौ उपत्यकामा ३ सय शैयाको सुविधा सम्पन्नक सरुवा रोग अस्पताल र सबै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न रु १ अर्ब ३० करोड विनियोजन गरेको छु।

 

  • सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चाालनमा ल्याइनेछ। मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्ग लगायतका दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र ‍औषधीको सुविधा सहितको मातृ प्रतीक्षा गृह सञ्चाालन गरिनेछ। विराटनगर, वीरगञ्ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिको लागि आईभिएफ सेवा विस्तार गरिनेछ।

 

  • आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चिञत गर्न यसै वर्षदेखि निर्माण कार्य थालनी गरिएका ३ सय ९७ स्थानीय तहका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालदुई वर्षभित्र सम्पन्नह गरी सञ्चािलनमा ल्याइनेछ। अस्पताल स्थापना गर्न बाँकी रहेका स्थानीय तहमा आगामी आर्थिक वर्षभित्र निर्माण कार्य प्रारम्भ गरिनेछ। यसका लागि रु ६ अर्ब १५ करोड विनियोजन गरेको छु। 

 

  • स्थानीय स्तरमा सञ्चाुलन हुने बालस्वास्थ्य तथा पोषण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु। बालबालिकालाई विसिजि, पोलियो, डिपिटी, दादुरा, टाइफाइड लगायतका १३ प्रकारका खोप सेवा प्रदान गरी मुलुकलाई आगामी वर्ष पूर्ण खोपयुक्त बनाउन बजेट व्यवस्था गरेको छु। आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप सेवा उपलव्ध गराइनेछ।

 

  • अस्पताल तथा स्वास्थ्य चौकीको विस्तारका साथै टेलिमेडिसीन, घुम्ती स्वास्थ्य सेवा, निशुल्क गर्भवती जाँच सेवा, प्रसूति सेवा, खोप सेवा, समुदायमा आधारित पुनर्स्थापना तथा प्रशामक सेवा मार्फत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गरिनेछ। 

 

  • मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रदान गरिदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी रु १२ हजार पुर्याएको छु। 

 

  • आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्ता घोषणा गरिनेछ। मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग र कूष्ठरोग नियन्त्रण कार्यक्रमका लागि रु १ अर्ब ४६ करोड व्यवस्था गरेको छु। 

 

  • परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणको कारण वढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटुतथा मृगौला रोग र क्यान्सर लगायतकानसर्ने रोगको निदान र उपचारका लागि  दक्ष चिकित्सक र आधुनिक उपकरण सहित विशिष्टीिकृत अस्पतालको स्थापना, स्तरोन्न्ति र विस्तार गर्ने व्यवस्था मिलाएको छु। 

 

  • चालिस वर्ष माथिका नागरिकको रक्तचाप, पिसावतथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छु। तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्चाालन गरिनेछ। 

 

  • सबै मेडिकल कलेज,स्वास्थ्य विज्ञान प्रतिष्ठान र केन्द्रीय अस्पतालले कम्तीमा एउटा सरकारी अस्पतालमा नियमितरुपमा विशेषज्ञ सेवा सहितको स्याटलाइट क्लिनिक सञ्चासलन गर्नुपर्ने व्यवस्था मिलाइनेछ। पचास शैया भन्दा बढी क्षमताका स्वास्थ्य संस्थाले महिनाको एकपटक आफ्नो सेवा क्षेत्रभित्र अनिवार्य रुपमा घुम्ती क्लिनिकसञ्चाालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ।

 

  • दुई सय शैया भन्दा बढी क्षमताका सामुदायिक एवम् निजी अस्पतालमा मानसिक रोग उपचारको लागि न्यूनतम दश शैया छुट्याउनु पर्ने व्यवस्था मिलाइनेछ।पचास शैया भन्दा बढी क्षमता भएका अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष निर्माण गरिनेछ। 

 

  • जटिल तथा घातक प्रकृतिका रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गरीस्वदेशमा नै अन्तर्राष्ट्रि यस्तरको सेवा सुनिश्चिमत गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत काठमाण्डौको कीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, स्पाइनल सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोइन्टरलोजी र ग्यास्ट्रो सर्जरी लगायत अन्य रोगको विशिष्टीकृत उपचार सेवा, डाइग्नोस्टिक सेन्टर र अध्ययन, अध्यापनतथा अनुसन्धानका लागि १ हजार ५ सय शैयाको अत्याधुनिक सुपर स्पेसियालिटी केन्द्रको निर्माण कार्य शुरु गरी आगामी तीन वर्षभित्र सञ्चािलनमा ल्याउनबजेट व्यवस्था गरेको छु। 

 

  • क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानस्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत सञ्चा्लन गरिनेछ।

 

  • मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन विश्वाविद्यालय शिक्षण अस्पताल, विपीकोइराला क्यान्सर अस्पताल, जिपीकोइराला राष्ट्रिय स्वासप्रश्वापस उपचार केन्द्र, सुशिल कोइराला प्रखर अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न रु १ अर्व २८ करोड विनियोजन गरेको छु।

 

  • कान्ति बाल अस्पतालको आसियूवार्ड लगायत पूर्वाधार निर्माण गर्न रु ३४ करोड छुट्याएको छु। शहिद गंगालाल मुटुरोग अस्पतालको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन एवम्अपरेशन थिएटर स्तरोन्नलति गर्न रु ५८ करोड विनियोजन गरेको छु।

 

  • वीर अस्पतालको विस्तारित सेवा सञ्चा्लन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रिरयस्तरको अत्याधुनिक सुविधासम्पन्नक अस्पताल निर्माण गरिनेछ। तीनवर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चाधलन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्यसम्पन्न गरिनेछ। भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरागरी अस्पताल सञ्चाालनमा ल्याइनेछ। यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालय मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ। काठमाण्डौको जडीबुटीदेखि अस्पताल निर्माण स्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार/चार लेनको करिडोर सडक निर्माण गरिनेछ। 

 

  • आगामी आर्थिक वर्ष ढल्केवर, बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्था गरेको छु। धादिङ्गको वेल्खुमा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ।

 

  • रोग निदानका लागि विदेशमा नमुना परीक्षण गर्न पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पूर्वाधार विकास र आवश्यक उपकरणको व्यवस्था गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्तरोन्नीति गरिनेछ।प्रादेशिक प्रयोगशालालाई रिफरल प्रयोगशालामा स्तरोन्ननति गर्न बजेट व्यवस्था गरेको छु। सामुदायिक तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने रेडियोलोजी तथा ईमेजिङ्ग सेवाको मापदण्ड निर्धारण र नियमन गर्न छुट्टै संयन्त्र स्थापना गरिनेछ।

 

  • निरोगी नेपाल अभियानलाई प्रभावकारी वनाउन स्वच्छ विचार, स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्यक्रम सञ्चावलन गरिनेछ। आयूर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई प्रवर्द्धन गरिनेछ। सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिनेछ।

 

  • आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दिगोपनाको लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम सञ्चा्लन गर्न रु ७ अर्ब ५० करोड विनियोजन गरेको छु।

 

  • स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोग तथा अनुसन्धान केन्द्रको भूमिकालाई प्रभावकारी बनाउन एकीकृत कानून तर्जुमा गरिनेछ। नयाँ स्थापना हुने तथा स्तरोन्नति भएका अस्पताल एवम् स्वास्थ्य संस्थाको लागि आवश्यक दरवन्दी थप गरिनेछ।

 

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु १ खर्ब २२ अर्ब ७७ करोड पुर्याएको छु।

बजेटको पूर्णपाठ:

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.