Nepal's Trusted Health Online Portal

उपत्यकामा थपिए १ हजार २६३ कोरोनाका नयाँ संक्रमित

Get real time updates directly on you device, subscribe now.

१७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार २६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरमा १२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सोमबार देशभरी ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.