Nepal's Trusted Health Online Portal

नयाँ ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि, झन्डै ६ हजार निको भए

Get real time updates directly on you device, subscribe now.

२० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ५६२ आरटी पीसीआर विधी र ३ हजार २११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८२५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ६७ हजार ४६७ अर्थात ८१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अब देशभर १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाभित्र देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.