२० जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बिहीबार देशभरी ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।