२१ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १८८, ललितपुरमा २९९ र भक्तपुरमा १२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार देशभरी ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।