Nepal's Trusted Health Online Portal

शनिबार ५ हजार ४२ कोरोना संक्रमित थपिए, ८ हजार २४३ निको भए

Get real time updates directly on you device, subscribe now.

२२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ४७१ आरटी पीसीआर विधी र ५ हजार ३४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ८४ हजार ३७३ अर्थात ८२.८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.