२४ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो मृत्युको विवरण सँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ९५१ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ९७ हजार ९६० अर्थात ८४.२ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।