२४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २ आरटी पीसीआर विधी र ५ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४७२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित केस ६ लाख ६ हजार १५५ पुगेको छ । जसमध्ये ३८.९२ प्रतिशत महिला र ६१.०८ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ९७ हजार ९६० अर्थात ८४.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ९२ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेकोे छ ।