२४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ७९०, ललितपुरमा १९० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सोमबार देशभरी ४ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ९२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।