२५ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ । गत २४ घण्टामा थप १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ८ हजार नाघेको हो ।
मंगलबार देशभरी ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ५७० जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख ४ हजार ५३० अर्थात ८४.७ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।