२८ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभरी ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार २२५ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख २० हजार ८१६ अर्थात ८६.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।