२८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार देशभरी ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।