Nepal's Trusted Health Online Portal

थप ३ हजार ३८४ जनालाई कोरोना संक्रमण, ६ हजार २९५ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८ हजार ५०६ आरटी पीसीआर विधी र ५ हजार ९८८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३८४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख २६ हजार ५३५ पुगेको छ । जसमध्ये ३९.०६ प्रतिशत महिला र ६०.९४ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । संक्रमितमध्ये ८६.९ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ६१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.