Nepal's Trusted Health Online Portal

नेपालमा कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भए

Get real time updates directly on you device, subscribe now.

१८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमितमध्ये ६ लाख ३ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कुल संक्रमितमध्ये ९४ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ । संक्रमितमध्ये ३९.३५ प्रतिशत महिला र ६०.६५ प्रतिशत पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ हजार १७९ जनाले ज्यान गुमाएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.