२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १४ हजार २४८ पुगेको छ ।
गत २४ घण्टामा ६ हजार ८५८ आरटी पीसीआर विधी र ३ हजार २०८ एन्टिजेन गरी जम्मा १० हजार ६६ नमुना परीक्षण गरिएकोमा १ हजार ८७५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५३ प्रतिशत महिला र ६०.४७ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५२७ पुगेकोे छ ।
त्यस्तै २ हजार १६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३० हजार ४०७ छ । संक्रमितमध्ये ९४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।