Nepal's Trusted Health Online Portal

शुक्रबार थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १२ हजार ३७३ पुगेको छ ।

गत २४ घण्टामा ९ हजार ६१३ आरटी पीसीआर विधी र ४ हजार ५६९ एन्टिजेन गरी जम्मा १४ हजार १८२ नमुना परीक्षण गरिएकोमा २,९३६ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५२ प्रतिशत महिला र ६०.४८ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ पुगेकोे छ ।

शुक्रबार १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.