१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोपकेन्द्रहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले खोपकेन्द्रहरुमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाउन निर्देशन दिएका हुन् ।
शुक्रबार मुख्यसचिव शंकरदास वैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिँदै देउवाले स्वास्थ्य मापदण्डका पूर्ण पालना गरी सहज रुपमा खोप लगाउने प्रबन्ध मिलाउन भनेका छन् ।
सरकारले अहिले कोभिडविरुद्धको खोप कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको छ ।
खोपकेन्द्रहरुमा निकै भिडभाड तथा लामो लाइनका कारण कोरोना संक्रमणको जोखिम बढीरहेको छ ।