१ साउन, काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
चीन सरकारले थप १६ लाख डोज कोभिड विरुद्धको खोप नेपाललाई दिन लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेकी चिनियाँ राजदुत होउ यान्छीले कोभिड विरुद्धको थप खोप उपलब्ध गराइने बताएकी हुन् ।
राजदुत यान्छीले चीन सरकारले नेपालका लागि थप खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइन् ।
यसअघि चीन सरकारले सिनोफार्मबाट उत्पादित १८ लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।
त्यस्तै नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको ४० लाख मध्ये ८ लाख खोप पनि नेपाल आइसकेको छ ।
प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि राजदुत यान्छी मार्फत चीन सरकारलाई धन्यवाद दिएका छन् ।