Nepal's Trusted Health Online Portal

स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

Get real time updates directly on you device, subscribe now.

४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा.रोशन पोखरेल पहिलो नम्बरमा, डा.दीपेन्द्ररमण सिंह दोस्रो तथा महेन्द्रप्रसाद श्रेष्ठ तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि नाम सिफारिस गर्न आज बढुवा समितिको बैठक बसेको थियो ।

स्वास्थ्य मन्त्रालयमा हाल प्रशासन र स्वास्थ्य सेवातर्फ गरी दुई जना सचिव रहने व्यवस्था छ । प्रशासनतर्फ हाल लक्ष्मण अर्याल सचिव छन् भने स्वास्थ्य सेवातर्फको रिक्त पदपूर्ति गर्न लागिएको हो ।

यसअघि स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले राजीनामा दिएपछि स्वास्थ्य सेवा तर्फको सचिव पद डेढ बर्षदेखि रिक्त छ ।

सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई स्वास्थ्य सेवातर्फको सचिव नियुक्त गर्नेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.