Nepal's Trusted Health Online Portal

प्रधानमन्त्री देउवाद्दारा जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ

Get real time updates directly on you device, subscribe now.

 

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अमेरिकी खोप अभियानको शुभारम्भ गरेका हुन् । खोपको शुभारम्भ कार्यक्रममा अमेरिकी राजदुत र्‍यान्डी बेरी पनि उपश्थित थिए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल लगायत स्वास्थ्य मन्त्रालयका अन्य पदाधिकारी उपश्थित खोप अभियानको शुभारम्भ गर्दै देउवाले भिडभाड नगरी खोप लगाउन निर्देशन समेत दिएका छन् ।

देउवाले अर्थोपेडिक अस्पतालसँगै, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध, सामाखुसीमा नेपाली सेना र स्थानीय निकायले सञ्चालन गरेको खोप केन्द्र, ललितपुर महानगरपालिकाले कुपण्डोलमा सञ्चालन गरेको खोप केन्द्रको पनि निरीक्षण गरेका छन् ।

सरकारले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुह, पूर्ण र अति अपाङ्गता भएका व्यक्तिहरु (क र ख वर्ग), नेपालमा बसोेबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुलाई प्रदान गर्दैछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.