Nepal's Trusted Health Online Portal

अमेरिकाले दिएको जोनसन एण्ड जोनसोन खोप आजबाट लगाइँदै

Get real time updates directly on you device, subscribe now.

४ साउन, काठमाडौं । एक डोज मात्रा लगाए पुग्ने कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप आजबाट लगाइँदै छ ।

संयुक्त राज्य अमेरिकाले १५ लाख ३४ हजार ४५० डोज जोनसन एण्ड जोनसन खोप कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपाललाई प्रदान गरेको हो ।

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुहका एक मात्रा पनि खोप नलगाएका नागरिकहरु, पूर्ण र अति अपाङ्गता भएका व्यक्तिहरु (वर्ग क र ख) नेपालमा बसोेबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले काठमाडौंका १७७ केन्द्र मार्फत जोनसन एण्ड जोनसन खोप दिइने जनाएको छ ।

जोनसन एण्ड जोनसन खोप कार्यक्रमको प्रधानमन्त्री देउवाले आज उपत्यकाका विभिन्न खोप केन्द्रहरुमा स्थलगत निरीक्षण अनुगमन गर्नेछन् ।

काठमाडौं महानगरका खोप केन्द्रहरुः

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.