४ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार २५८ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ अर्थात ९४.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।