८ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
हाल काठमाडौंमा ५ हजार ७८२, ललितपुरमा १ हजार ११६ र भक्तपुरमा ९४७ गरी उपत्यकामा ७ हजार ८४५ जना सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार देशभरी २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।